राजनीति


प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै विपक्षीद्वारा संसद् अवरुद्ध

प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै विपक्षीद्वारा संसद् अवरुद्ध

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १३:८, काठमाडौँ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफलका लागि प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको थियो। तर, प्रधानमन्त्री शाह उपस्थित भएनन्। उनको ठाउँमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने तय गरिएको छ। 

विपक्षीले दलले यसको विरोध गरेका छन्। उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग गरेका छन्। 

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जनाएका छन्। उनीहरूले उठेर विरोध जनाएपछि संसद्को कार्यसूची अघि बढ्न सकेको छैन। 

श्रम संस्कृति पार्टीका सांसद भने बैठक छोडेर हिडेका छन्। अध्यक्ष हर्क साम्पाङसहितका सांसद प्रधानमन्त्री शाह नआउँदासम्म नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने जनाउँदै उनीहरू प्रतिनिधि सभाको बैठकबाट बाहिरिएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad