प्रधानमन्त्री बालेन संसद् बैठकमा उपस्थित नभएकोमा विपक्षी दलले चर्को विरोध गरेका छन्।
आजको संसद् बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपा लगायतका दलले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएकोमा विरोध जनाएका हुन्।
आजको संसद् बैठकमा रास्वपाका सांसद् मनिष खनालले एमाले सांसद रामबहादुर थापाले मंगलबार संसद्को बैठकमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले थापाको भनाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदले विरोध गरेका छन्।
कांग्रेसका सांसद अर्जुन नरसिह केसी, एमाले गुरु बराल, नेकपाका युवराज दुलाल, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही लगायतका सांसदले प्रधानमन्त्री बालेन संसद्मा उपस्थित नभएकोमा प्रश्न गरेका छन्।
75
Shares

प्रतिक्रिया