राजनीति


नीति-कार्यक्रममा दैलेखको पेट्रोलियम पदार्थ उत्खननको विषय समेटिएन: यज्ञबहादुर बोगटी

नीति-कार्यक्रममा दैलेखको पेट्रोलियम पदार्थ उत्खननको विषय समेटिएन: यज्ञबहादुर बोगटी

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १२:५५, काठमाडौँ

नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले सरकारको नीति तथा कार्यक्रममा दैलेखको पेट्रोलियम पदार्थ उत्खनन्को विषय नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

प्रतिनिधिसभामा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति कार्यक्रम जनताको पक्षमा नआएको आरोप लगाए। 

उनले नीति कार्यक्रममा गणतन्त्रको आन्दोलनका सहीदलाई उपेक्षा गरिएको पनि आरोप लगाए। 

‘यो नीति कार्यक्रममले गणतन्त्रको आन्दोलनका सहीदलाई उपेक्षा गरिएको छ,’ उनले भने, ‘यसलाई संशोधन गर्नुपर्छ।’

उनले नीति कार्यक्रममा गरिबी हटाउने कुनै योजना र कार्यक्रम नरहेको बताए। ‘यो नीति कार्यक्रममा युवाहरु विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने ठोस योजना छैन,’ उनले भने। 

उद्योग, व्यापार कृषि उत्पादन बढाउने नीति पनि सरकारमा नदेखिएको उनको भनाई छ। 

नागरिकको जीवनलाई सुरक्षित र सुविधायुक्त बनाउने योजना पनि नीति कार्यक्रममा नरहेको बताए। ‘यो सरकारको नीतिमा देश समृद्धीको कुरा मात्रै छ, जनताको समृद्धिको कुरा छैन,’ उनले भने। 

उनले सरकारले सुदूरपश्चिम र कर्णालीलाई उपेक्षा गरिएको आरोप लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad