प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत नीति तथा कार्यक्रम नपरेको भन्दै सांसद गंगादेवी श्रेष्ठले कटाक्ष गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बनाइन्। यो नीति तथा कार्यक्रम विपक्षी दलका सांसदलाई मात्रै नभएर प्रधानमन्त्री शाहलाई समेत मन नपरेको जिकिर गरिन्।
सांसद श्रेष्ठले कटाक्ष गर्दै भनिन्, ‘यो नीति तथा कार्यक्रम मन नपरेकाले प्रधानमन्त्री नआउनु भएको भन्ने छ।’
त्यसैले यो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न आग्रह गरिन्। आफ्नो संशोधन प्रस्तावबारे बोल्दै सांसद श्रेष्ठले वातावरण प्रदूषण नियन्त्रणमा लागि उचित कदम चाल्नुपर्ने बताइन्। त्यसका लागि नीति तथा कार्यक्रमै स्पष्ट रुपमा आउनुपर्ने उनको भनाइ थियो।
वायुप्रदूषण कम गर्नका पुराना गाडी पनि व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्। ‘पुराना गाडीलाई विस्थापन तथा व्यवस्थापन गर्नका लागि नीति तथा कार्यक्रममा आउनुपर्छ,’ सांसद श्रेष्ठले भनिन्।
Shares

प्रतिक्रिया