विपक्षी दलहरूले आज पनि संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थिति हुनुपर्ने माग गर्ने भएका छन्।
प्रतिनिधि सभाको बैठकमा अहिले सांसदहरूले नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावबारे बोलिरहेका छन्। त्यसपछि प्रधानमन्त्री शाह उपस्थित नभइ नीति तथा कार्यक्रममाथिको प्रश्नोत्तर हुन नदिने विपक्षीहरूको तयारी छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालका अनुसार छलफलसम्मको लागि सहमति भएको हो। ‘जवाफ प्रमबाटै हुनुपर्छ भन्ने हाम्रो माग यथावत छ। उहाँ नभए बिरोध कायमै रहन्छ,’ दुललाले भने।
नेपाली कांग्रेसका सांसद निस्कल राईले पनि प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुनुपर्ने बताए। ‘उहाँ नआए विरोध कायमै रहन्छ,’ राईले भने।
Shares

प्रतिक्रिया