राजनीति


कर्णालीका लागि बजेटमा विभेदीकरण हुनुपर्छ: यशोदा बराल

कर्णालीका लागि बजेटमा विभेदीकरण हुनुपर्छ: यशोदा बराल

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १३:१५, काठमाडौँ

सरकारले कर्णालीका लागि बजेटमा विभेदीकरण गर्नुपर्ने सांसद यशोदाकुमारी बरालले बताएकी छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद बरालले काठमाडौँ र कर्णालीका क्षेत्रलाई एउटै किसिमको बजेट विनियोजन गरेर नहुने बताइन्।

उनले शहरी क्षेत्र स्थानीय तहभन्दा कर्णाली र दुर्गमका स्थानीय तहलाई बढी बजेट दिनुपर्ने बताइन्। त्यस्तै, सुगमका योजनाभन्दा दुर्गमका योजनालाई बढी बजेट हाल्नुपर्ने उनको भनाइ थियो। 

‘बजेटमा विभेदीकरण अनिवार्य हुनुपर्छ,’ सांसद बरालले भनिन्, ‘काठमाडौँ र कर्णालीलाई एउटैमा राखेर हुँदैन।’

नीति तथा कार्यक्रममाथि आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै सांसद बरालले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताइन्। यो नीति तथा कार्यक्रमले पुरानोलाई स्वीकार्न नसकेको र नयाँ ल्याउन नजानेको जिकिर गरिन्। 

उनले कर्णालीलाई विकास निर्माणमा प्राथमिकता दिन आग्रह गरिन्। कर्णाली प्रदेशमा बिजुलीका तार नांगो भएकाले सर्वसाधारणको ज्यान गइरहेको विषय उठाइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad