राजनीति


नीति-कार्यक्रममा भदौ २३ को चर्चा छ, २४ को छैन: सांसद पुष्पराज कँडेल

नीति-कार्यक्रममा भदौ २३ को चर्चा छ, २४ को छैन: सांसद पुष्पराज कँडेल

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १३:१७, काठमाडौँ

सांसद पुष्पराज कँडेलले संविधानको मर्मअनुसार सरकारको नीति कार्यक्रम नआएको बताएका छन्। 

प्रतिनिधिसभामा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति कार्यक्रम गन्तव्य बेगरको जहाज जस्तो आएको बताए।

‘देशको स्थितिपत्र जारी गर्दा अर्थतन्त्रीले देशको बजेट राज्यमुखी र बजारमुखी भयो भने पनि त्यो विषय नीति कार्यक्रममा नसमेटिएको बताए। 

संविधानले नै योजनावद्ध आर्थिक विकासलाई अवलम्बन गरे पनि यो सरकारी दस्तावेजमा त्यो शब्द पनि नभएको बताए। ‘हाम्रो १५ औँ योजनाले २५ वर्षको मार्गदर्शन बनाएको थियो, यो दस्ताबेजमा त्यो कुनै विषय छैन,’ उनले प्रश्न गरे, ‘हाम्रो देशमा अब योजनावद्ध विकास नचाहिने हो?’

सडक, हवाई ग्राउण्डसहित अहिले राष्ट्रिय गौरबका २ दर्जन आयोजना कार्यान्वयको क्रममा रहे पनि त्यो विषयलाई नीति कार्यक्रमले सम्बोधन नगरेको उनको भनाई थियो। ‘पुष्पलाल, मध्यपहाडी र हुलाकी राजमार्गलाई मात्रै थोरै छोइएको छ, अन्य छैनन्,’ उनले भने। 

उनले नीति कार्यक्रममा दिगो विकासको लक्ष्य नरहेको बताए। 

‘संविधान अनुसार तीन तहको सरकारबिचको सहकार्यको कुरा यसमा छैन। राज्यको पुनर्संरचनाको कुरा छैन,’ उनले भने। 

नीति कार्यक्रममा भदौ २३ मा भएको जेनजी आन्दोलनको चर्चा भए पनि २४ मा भएको विध्वंशको विषय नआएको बताए। 

नीति कार्यक्रममा थुप्रै शब्दका भाषा परिवर्तन गरिए पनि कुरा पुरानै भएको उनले बताए। नीति कार्यक्रममा डिजिटललाई प्राथमिकतामा राखिएकोमा भने उनले सकारात्मक भने। 

‘नीति कार्यक्रममा वैज्ञानिक चुरे उत्खनन् भनिएको छ,’ त्यो भनेको के हो,’ उनले प्रश्न गरे। 

कर्मचारीको तलब तीन तीन वर्षमा बढाउने चलन विगतदेखि नै चल्दै आए पनि अहिले त्यो विषयमा नीति कार्यक्रम नबोलेको बताए। ‘यसमा कर्मचारीको सौदाबाजीको अधिकारसमेत खोसिएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad