जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट आएको सरकारले नीति तथा कार्यक्रम नदेखिएको सांसद प्रमेश हमालले टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हमालले नीति तथा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकै वाचा समेत सम्बोधन नभएको उल्लेख गरे। पुराना दलले व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने वाचा गरेको लामिछानेको भनाइ अनुसार नीति तथा कार्यक्रम नभएको उनले जिकिर गरे।
‘सरकार कता हराएको? आफ्नै सभापतिको अभिव्यक्तिबाट कति टाढा भएको हो?,’ हमालले भने।
नीति तथा कार्यक्रममाथि आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै उनले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण नदेखिएको बताए। ‘यो नीति तथा कार्यक्रममा दृष्टिकोण अभाव स्पष्ट रुपमा देखिएको छ,’ उनलेभ ने।
Shares

प्रतिक्रिया