सरकारले सुकुम्वासीमाथि अन्याय गरेको भन्दै सांसद प्रेमबहादुर बयकले संसद्मा प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बयकले सुकुम्वासीको व्यवस्थापन गर्न आग्रह गरे। ‘सुकुम्वासीको न्यायोचित व्यवस्थान गरोस्,’ उनले प्रश्न गरे, ‘भूमि सरकारको हो भने जनता कसका हुन्?’
उनले अपांगता भएका व्यक्तिको उपचारलगायतका विषयमा पनि ध्यान दिन आग्रह गरे। नीति तथा कार्यक्रममा १० प्रकारका अपांगता भएका व्यक्ति भोगिरहेका समस्या नसमेटिएको उनको भनाइ थियो।
उनले किसानलाई समयमा मल र बिउविजनको व्यवस्था गर्नुपर्ने विषय नीति तथा कार्यक्रममा नआएको उनले औँल्याए। ‘मल र बिउविजनबारे केही बोलिएको छैन। खेती गर्ने समयमा मल र बिउविजनको चाहिन्छ,’ उनले भने।
उनले अहिलेसम्म भएका आन्दोलनका घाइतेको उचित उपचारका लागि सहयोग गर्न आग्रह गरे। भरखरै भएको जेनजी आन्दोलनका घाइतेले समेत उपचार नभएको उनले गुनासो गरे।
Shares

प्रतिक्रिया