अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका विषयमाथि जवाफ दिएका छन्।
विपक्षी दलहरूको विरोधकाबीच अर्थमन्त्रीले संसदमा सम्बोधन गरेका हुन्।
विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै आएका छन्।
तर, प्रधानमन्त्री संसदमा नआएर आफ्नो तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिन पठाएका हुन्।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।
144
Shares

प्रतिक्रिया