नेकपा एमालेको सचिवालय बैठक शनिबार भक्तपुरको गुन्डुमा बस्ने भएको छ।
एमालेका सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठक जेठ २ गते दिउँसो १ बजे गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु हुनेछ।
‘यो आठौँ सचिवालय बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारका कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्त्वपूर्ण निर्णय हुने विश्वास गरिएको’ सचिव बस्नेतले बताएका छन्।
486
Shares

प्रतिक्रिया