राजनीति


महालेखाको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

महालेखाको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १३:१७, काठमाडौँ

महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। 

शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन्। महालेखाको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने व्यवस्था रहेको छ। 

कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए। 

राष्ट्रपति पौडेलले भने, ‘बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्छु।’

प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालालाई अझ बढी जवाफदेहीताबोध गराउने विश्वास लिएको राष्ट्रपति पौडेलको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad