बितेको २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार यस अवधिमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी पाँच जनाको मृत्यु भएको हो।
मधेसमा ३ जना र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा एकएक जनाले ज्यान गुमाएका छन्।
त्यसैगरि सवारी दुर्घटनामा कोसीमा ३१, मधेसमा ४२, बागमतीमा १२, लुम्बिनीमा ५, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १३ जना घाइते भएका छन्।

93
Shares

प्रतिक्रिया