समाज


खहरे खोलामा बिहान साढे ११ बजेदेखि मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

खहरे खोलामा बिहान साढे ११ बजेदेखि मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

नेपालखबर
साउन १२, २०८३ मंगलबार १२:११, काठमाडौँ

खहरे खोलामा सुक्खा पहिरो खस्दा कारण बन्द मुग्लिन-नारायणगढ सडक आपत्‌कालीन सेवाका र साना सवारीसाधनका लागि एकतर्फी खुलाइएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ११:३० बजे जारी गरेको सूचनाअनुसार खहरेखाेला मुग्लिननजिकै सुक्खा पहिरो जाँदा दुईतर्फी नै अवरुद्ध भएको सडक एकतर्फी मात्र खुलेको हो। 

‘तीनवटा मेसिनद्वारा पहिरो हटाउने कार्य भइरहेको छ। हाल आवागमन एकतर्फी खुलाई आपत्‌कालीन सेवाका सवारीसाधन र साना सवारीसाधनहरूलाई खुला गरिएको छ सूचनामा भनिएको छ, पहिराेका कारण राेकिनुभएका सम्पूर्ण यात्रु महानुभावहरू धैर्य गरी बसिदिनुहुन आग्रह गरिन्छ’, सूचनामा भनिएको छ। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad