समाज


कप्तानगन्ज घटनापछि मोरङमा पनि डिजे बजाउन रोक

कप्तानगन्ज घटनापछि मोरङमा पनि डिजे बजाउन रोक

नेपालखबर
साउन १२, २०८३ मंगलबार १२:५०, काठमाडौँ

सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्ज बजारमा घएको घटनापछि मोरङमा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार सूचना प्रकाशित गरी कुनै पनि सभा, समारोहमा डिजेको प्रयोग नगर्न भनेको छ। ‘कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ,’ सूचनामा भनिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा डिजेको प्रयोग गरिएको पाइएमा कारबाही हुने जनाइएको छ। सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले यसको प्रयोग गरे, गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बेहोरा सम्पूर्ण जिल्लाबासीहरूमा जानकारी गराइन्छ।’

सुनसरीको कप्तानगन्ज बजारमा चर्को स्वर डिजे बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप भएको थियो। 

झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। दुई दिनदेखि कप्तानगन्ज लगायतका आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad