समाज


वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुमवासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी

वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुमवासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी

नेपालखबर
साउन १२, २०८३ मंगलबार १५:४८, काठमाडौँ

भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलबार पनि आन्दोलन जारी राखेका छन्। 

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरूले मंगलबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुमवासी र सुकुमवासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरूको गुनासो छ। सरकारले आफूहरूको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।

सरकारले गत वैशाख १२ र १३ गते काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुमवासी बस्तीमाथि डोजर चलाएको थियो। १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुमवासी तथा अव्यवस्थित बसोवासीको उचित व्यवस्थापन गर्न सकेको छैन।

सत्तारुढ दल रास्वपाको चुनावी वाचाविपरित देशका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लखेट्ने कार्य भएको भन्दै आन्दोलन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad