समाज


चार घण्टापछि मुग्लिन-नारायणगढ सडक सञ्चालन

चार घण्टापछि मुग्लिन-नारायणगढ सडक सञ्चालन

सुनिता विष्ट
साउन १२, २०८३ मंगलबार १३:४२, हेटौंडा

चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। 

मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ सवारीको जाम लागेको थियो।

पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि सडकमा थुप्रिएको ढुंगा र माटो हटाइएपछि सडक पुनः दुवैतर्फबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

हाल यस सडकखण्डमा सवारीसाधनको आवागमन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। यद्यपि वर्षायामका कारण यस क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक सतर्कता अपनाएर यात्रा गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad