समाज


देवानगन्ज घटना : आज पनि लौकी र फूलचोकमा टायर बालेर सडक अवरुद्ध

देवानगन्ज घटना : आज पनि लौकी र फूलचोकमा टायर बालेर सडक अवरुद्ध

सुमन सुस्केरा
साउन १२, २०८३ मंगलबार १०:७, विराटनगर

सुनसरीको देवानगन्जमा आइतबार राति भएको घटनालाई आज पनि विरोध प्रदर्शन जारी छ। लौकी र फूलचोकमा टायर बालेर आज बिहानैदेखि स्थानीयले सडक अवरुद्ध पारेका छन्।

आइतबार राति देवानगन्जमा दुई समूहबिच बढेको तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले गाेली प्रहार गर्दा एक युवकको मृत्यु भएपछि सुनसरी तनावग्रस्त बनेको हो।

सोमबार दिनभर स्थानीयले सुनसरीका विभिन्न स्थानमा प्रदर्शन गरेर सडक अवरुद्ध गरेका थिए। अवस्थालाई सामान्य बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ भने देवानगन्ज क्षेत्रलाई सामान्य बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।  

सोमबार र साँझसम्ममा केही मत्थर भएको आन्दोलन मङ्गलबार बिहानैदेखि फेरि सुरु भएको हो।

सुनसरीको लौकी र फूलचोकमा टायर बालेर मङ्गलबार बिहानदेखि फेरि प्रदर्शन सुरु भएको छ। बिहानसम्म अवस्था सामान्य रहेको यस क्षेत्रमा केहीबेर अघिदेखि  लौकी र फूलचोक क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध पारेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले नेपालखबरलाई जानकारी दिए।

खड्काका अनुसार फूलचोक र लौकी क्षेत्रमा २०-२५ जनाको समूहमा भेला भएका मानिसहरूले मुख्य सडकमा टायर बालेर आवागमन प्रभावित बनाएका हुन्। 

​जिल्लाको समग्र शान्ति सुरक्षालाई थप चुस्त बनाउन भन्दै जिल्ला सुरक्षाका अधिकारीहरू नै फेरिएपछि अहिले सुरक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा गृहकार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी सोमबार साँझ नै फेरिएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका ईश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिएपछि उनी साँझ नै कार्यक्षेत्रमा आइसकेका छन्।  

उनले सोमबार बेलुकी नै सुनसरी आएर काम थालिसकेका छन् भने  नयाँ प्रहरी प्रमुख (एसपी) पनि जिल्ला पुग्ने क्रममा रहेका डीएसपी खड्काले जानकारी  दिए।

जिल्लामा नयाँ नेतृत्व आएसँगै स्थिति सामान्य र शान्ति सुव्यवस्था कायम गर्न सर्वदलीय छलफल तथा जिल्ला शान्ति सुरक्षा समितिको बैठक बस्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad