समाज


थप पहिरो नखसे मुग्लिन-नारायणगढ सडक खुलाउन २ घण्टा लाग्ने

थप पहिरो नखसे मुग्लिन-नारायणगढ सडक खुलाउन २ घण्टा लाग्ने

खहरे खाेलानजिकै खसेको सुक्खा पहिरो पन्छाइँदै


नेपालखबर
साउन १२, २०८३ मंगलबार ९:५७, काठमाडौँ

आज (मंगलबार) बिहान खहरे खाेलानजिकै सुक्खा पहिरो जाँदा बन्द मुग्लिन-नारायणगढ सडक खुल्न अझै १-२ घण्टा लाग्ने भएको छ। 

सडक डिभिजन भरतपुरले आज बिहान ९:५० बजे सूचना जारी गरी पहिरो पन्छाउन २ वटा मेसिन प्रयोग भइरहेको र थप एउटा मेसिन झिकाइएको जानकारी दिएको छ। 

सडक डिभिजन भरतपुरले भनेको छ, ‘थप पहिरो नझरे अबको करिब १-२ घण्टाभित्र पहिरो हटाई सवारी आवागमन सुचारु हुने जानकारी गराइन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad