धादिङबाट प्रहरीले भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
बेनीघाट रोराङ गाउँपालिका-२ होबाङ बस्ने २८ वर्षीय बिराज तामाङ र ३८ वर्षीय सानु कान्छा तामाङ पक्राउ परेका हुन्।
उनीहरुलाई भरूवा बन्दुक २ थानसहित घरबाटै प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
516
Shares

प्रतिक्रिया