राजनीति


कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १४:०, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस सभापति गगन थापासँग भेटवार्ता गरेका छन। 

शुक्रबार पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति थापाबीच वार्ता भएको हो। 

मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवासमै पुगेर भेटेका थिए। सुदूरपश्चिममा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ। 

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धनमा नेकपालाई पनि सामेल गर्ने विषयमा मुख्यमन्त्री शाहले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापासँग वार्ता गरेको स्रोतको दाबी छ। 

एमाले अध्यक्ष ओलीले पनि सुदूरपश्चिममा कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्य गर्दा हुने सन्देश दिएका छन्। 

सुदूरपश्चिममा नेकपाले एमालेसँग सहकार्यको संवाद सुरु गरेपछि मुख्यमन्त्री शाहले सक्रियता बढाएका बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad