राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन कार्यतालिका बनाउन समिति गठन गरेको छ। आज (शुक्रबार) काठमाडौँमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सदस्य रहेको समिति गठन गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार अब पार्टी महाधिवेशनउन्मुख भएको छ। आमनिर्वाचनका कारण स्थगित भएका स्थानीय तह, जिल्लालगायतका अधिवेशनहरू पनि सुरु भएको उनले बताए।
बैठकले जेठ २८ र २९ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ।
45
Shares

प्रतिक्रिया