राजनीति


प्रधानमन्त्री शाहमा जिम्मेवारीबोध देखिएन: भीष्मराज आङदेम्बे

प्रधानमन्त्री शाहमा जिम्मेवारीबोध देखिएन: भीष्मराज आङदेम्बे

नेपालखबर
जेठ २, २०८३ शनिबार १४:२१, काठमाडौँ

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कार्यशैली र प्रवृत्तिको आलोचना गरेका छन्। 

प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको भन्दै उनले प्रधानमन्त्री शाहको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाए। ‘प्रतिपक्षीले संसद्भित्र खोज्दाखेरी प्रधानमन्त्री नभेटिने अवस्था छ,’ आङदेम्बेले भने, ‘नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा समेत नेतृत्वले स्वामित्व ग्रहण गर्न सक्दैन भने उहाँहरू आफ्नै भूमिकामा स्पष्ट हुनुहुन्न जस्तो देखिन्छ।’

शनिबार मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा बोल्दै उनले राष्ट्रपतिमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रम मुलुकको एक वर्षे मार्गचित्र भए पनि त्यसबारे सरकार गम्भीर नदेखिएको टिप्पणी गरे। ‘जहाँ मुलुकको एक वर्षको खाका तयार गरिएको हुन्छ, त्यसमा नेतृत्व नै उपस्थित र जिम्मेवार नदेखिनु चिन्ताजनक विषय हो,’ उनले भने। 

सरकारले ल्याएको नीति तथा कार्यक्रम मध्यम तथा उच्च वर्ग केन्द्रित हुन भएको भन्दै असन्तुष्टि जनाए। ‘गरिब, मजदूर र किसानमुखी कार्यक्रम सरकारले ल्याउनुपर्नेमा त्यसो गरिएन, मध्यम र उच्च वर्गलाई लाभ हुने बजेट ल्याउने देखिएको छ,’ आङदेम्बेले भने। 

प्रमुख विपक्षी कांग्रेसले सरकारसँग परिणाम खोजिएको बताए। ‘हामी सरकारसँग परिणाम खोजिरहेका छौँ,’ उनले भने, ‘विरोधका लागि विरोध गर्ने शैली आजको प्रमुख विपक्षीको होइन। राज्य सच्याउन सरकार सकारात्मक हुनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad