ओपनर आशिफ शेखले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
शनिबार उनले ६७ बलमा ७ चौका सहयोगमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा उनको यो १५ औँ अर्धशतक हो।
यसअघि अर्का ओपनर कुशल भुर्तेलले शर्धशतक प्रहार गरेका थिए। आशिफले अर्धशतक पूरा गरेसँगै नेपालका दुवै ओपनरले अमेरिकाविरुद्ध अर्धशतक हानेका छन्।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २४ ओभरको खेल जारी रहँदा विना विकेटको क्षतिमा १२६ रन बनाएर खेलिरहेको छ। क्रिजमा कुशल भुर्तेल ६८ र आशिफ ५६ रनमा अविजित छन्।
24
Shares

प्रतिक्रिया