राजनीति


बल्खुमा मदन-आश्रित स्मृति सभा (तस्बिरहरू)

बल्खुमा मदन-आश्रित स्मृति सभा (तस्बिरहरू)

नेपालखबर
जेठ ३, २०८३ आइतबार ११:३१, काठमाडौँ

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार बल्खुमा विशेष कार्यक्रम गरेको छ। 

विगतमा एमाले केन्द्रीय कार्यालयसमेत रहेको मदननगर बल्खुमा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको सभामा भण्डारीकी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमालेका शीर्ष नेताहरूको सहभागिता थियो। 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन्। उनले सामाजिक सञ्जालबाटै मदन-आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

त्यस अवसरमा एमाले नेता-कार्यकर्ताले मदन-आश्रितको तस्बिरमा माल्यार्पण गरेका छन्। 

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा भएको रहस्यमसय सवारी दुर्घटनामा मृत्यु भएको थियो। 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक भएको बताइन्।

भण्डारीले आश्रितलाई कुशल संगठकको रुपमा स्मरण गरिन्। 

हेर्नुहोस् तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad