काभा महिला भलिबल च्याम्पियनसिपका लागि कजाकिस्तानको महिला टोली नेपाल आइपुगेको छ।
मंगलबार बिहान कजाकिस्तानको महिला टोली नेपाल आइपुगेको हो। च्याम्पियनसिपमा सहभागी हुन आएको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।
कजाकिस्तानले समूह चरणको पहिलो खेलमा श्रीलंका, दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। कजाकिस्तान बंगलादेश, श्रीलंका र इरान रहेको समूह ‘बी’ मा छ। नेपाल भने भारतसँगै किर्गिस्तान र मालदिभ्स रहेको समूह ‘ए’ मा छ।
नेपालले आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ। दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
च्याम्पियनसिप जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्ड हलमा हुनेछ।
Shares

प्रतिक्रिया