राजनीति


अब कांग्रेसभित्र ६० र ४० को भागबण्डा चल्दैन: विश्वप्रकाश शर्मा

अब कांग्रेसभित्र ६० र ४० को भागबण्डा चल्दैन: विश्वप्रकाश शर्मा

नेपालखबर
जेठ ६, २०८३ बुधबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब पार्टीभित्र भागबण्डा नचल्ने बताएका छन्। 

बुधबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेस प्रदेशको बर्दिबासमा आयोजना गरेको प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनमा सहभागी नभएकालाई जिम्मेवारी दिन थालिएको बताए। 

केन्द्र, संसदीय दल र भातृ संस्थाहरूमा जिम्मेवारी दिने काम भएको उनको भनाइ थियो। अब ६० र ४० को भागबण्डाको विषय अब दन्त्य कथा बनिसकेको छ,’ शर्माले भने। 

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले क्रियाशील सदस्यता अद्यावधिलाई लिएर गरिरहेको अवरोधप्रति पनि उनले असन्तुष्टि जनाए। ‘इगोको चश्मा उतारेर हेरौँ, तपाईंको वडामा क्रियाशील सदस्यता अधावधिक गर्न गगनकुमार थापा पुग्ने होइन, तपाईंकै वडाको सभापतिले गर्ने हो,’ शर्माल्े भने। 

त्यस्तै, उपसभापति शर्माले संविधान संशोधन गर्दा संविधानका मूल मर्म खण्डित हुन नपर्ने बताए। संविधान संशोधन गर्दा २०६२/६३ सालको आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलनलगायतले स्थापित गरेका उपलब्धिहरूको सम्मान गर्नुपर्ने उनको भनाइ थियो। 

शर्माले भने, ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधि सभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad