खेल


रोनाल्डो छैटौँ पटक विश्वकप खेल्ने, पोर्चुगलको टोलीमा समेटिए

रोनाल्डो छैटौँ पटक विश्वकप खेल्ने, पोर्चुगलको टोलीमा समेटिए

नेपालखबर
जेठ ६, २०८३ बुधबार १६:४७, काठमाडौँ

क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकप २०२६ का लागि पोर्चुगलको टोली घोषणा भएको छ। 

विश्वकप खेल्ने टोलीमा परेसँगै रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्नेछन्। ४१ वर्षीय रोनाल्डो २२६ अन्तर्राष्ट्रिय खेलमा १४३ गोल गर्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्। 

पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो सन् २०२३ देखि साउदी अरेबियन क्लब अल नासारबाट खेल्दै आएका छन्। 

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपका लागि २७ ‘प्लस वन’ टोली घोषणा गरेको बताएका छन्। उनले लिभरपुलका पूर्वफरवार्ड डियगो जोटालाई ‘प्लस वन’ भन्दै टोली घोषणा गरे। 

जोटाको गत जुलाईमा कार दुर्घटनामा परि मृत्यु भएको थियो। जोटा आफूहरूको शक्ती र खुशी भएको भन्दै यो उनलाई गुमाउनु आफूहरूलाई लागि कठिन समय भएको बताए। जोटा सधै ‘प्लस वन’का रुपमा राष्ट्रिय टोलीमा रहने प्रशिक्षक मार्टिनेजले बताए। 

विश्वकप खेल्ने पोर्चुगलको टोली: 

गोलकिपर:  डिओगो कोस्टा (पोर्टो), जोसे सा (उल्भ्स), रुई सिल्भा (स्पोर्टिङ), रिकार्डो वेल्हो (जेनक्लरबिरलिगी)

डिफेन्डर: डिओगो डालोट (म्यानचेस्टर युनाइटेड), म्याथ्युस नुनेस (म्यानचेस्टर सिटी), रुबेन डायस (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (फेनेरबासे), जोआओ क्यान्सेलो (बार्सिलोना), नुनो मेन्डेस (पेरिस सेन्ट जर्मेन), गोन्कालो इनासियो (स्पोर्टिङ), रेनाटो भेइगा (भिल्लारियल), थोमस अरउजो (बेन्फिका)

मिडफिल्डर: रुबेन नेभेस (अल हिलाल), सामु कोस्टा (मालोर्का), जोआओ नेभेस (पेरिस सेन्ट जर्मेन), भिटिन्हा (पेरिस सेन्टजर्मेन), ब्रुनो फर्नान्डिस (म्यानचेस्टर युनाइटेड), बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी)

फरवार्ड: क्रिस्टियानो रोनाल्डो (अल नासर), जोआओ फेलिक्स (अल नासर), फ्रान्सिस्को ट्रिनकाओ (स्पोर्टिङ), फ्रान्सिस्को कन्सेकाओ (युभेन्टस), पेड्रो नेटो (चेल्सी), राफेल लिओ (एसी मिलान), गोन्कालो गुएडेस (रियल सोसिडाड), गोन्कालो रामोस (पेरिस सेन्ट जर्मेन)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad