राजनीति


परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा ताम्राकार नियुक्त

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा ताम्राकार नियुक्त

नेपालखबर
जेठ ६, २०८३ बुधबार १८:५, काठमाडौँ

सरकारी थिंक ट्यांकका रूपमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा रोजिना ताम्राकार नियुक्त भएकी छन्।

सहसचिव ताम्राकारलाई परराष्ट्र मन्त्रालयले प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। 

प्रतिष्ठानले परराष्ट्र मामिला, कूटनीति र अन्तर्राष्ट्रियसम्बन्धलगायतमा अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणको काम गर्छ। साथै यसले सरकारलाई परराष्ट्र नीति, कूटनीतिक अभ्यास र कन्सुलरसम्बन्धी सुझाव एवं सिफारिसहरू पनि प्रदान गर्ने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad