कला


मिस नेपाल प्रतियोगिताका लागि आवेदन खुला, साउन १६ मा ग्रान्ड फिनाले

मिस नेपाल प्रतियोगिताका लागि आवेदन खुला, साउन १६ मा ग्रान्ड फिनाले

नेपालखबर
जेठ ६, २०८३ बुधबार १८:१३, काठमाडौँ

सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२६ को लागि आवेदन खुलेको छ। द हिडन ट्रेजरले एक कार्यक्रमबीच नयाँ संस्करणको घोषणा गर्दैं आवेदन खुलाएको हो।  

नेपालभरि तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीले प्रतियोगितामा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २५ गते (८ जुन) सम्म रहेको छ। 

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ।

विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता नि:शुल्क रहेको छ। 

यस वर्षको प्रतियोगिताबाट तीन जना विजेता घोषणा गरिनेछ। जसमा मिस नेपाल वर्ल्डसहित मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल रहेका छन्।

मिस नेपालको खोजीका लागि टिम देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिनेछ। यस अवधिमा काठमाडौँका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ।

अन्तिम अडिसन जेठ २६ गते (९ जुन) मा काठमाडौँमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।

त्यसैगरि, मिस नेपाल २०२६ को ग्रान्ड फिनालेको मिति पनि तोकिएको छ। यस वर्षको फिनाले साउन १६ गते शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ। 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विजेताले विश्वमञ्चमा प्रदर्शन गर्दै स्वदेश फर्किएका छन्। मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले २०२५ नोभेम्बर २७ मा टोकियोमा आयोजित मिस इन्टरनेशनलमा सहभागिता जनाइन्।

त्यस्तै मिस नेपाल अर्थ २०२५ सोनी घलेले २०२५ नोभेम्बर ५ मा फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थमा सहभागिता जनाउँदै ट्यालेन्ट राउण्ड जितिन्।

मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालले २०२५ डिसेम्बर २० मा भियतनाममा आयोजित मिस कोस्मो प्रतियोगितामा सहभागिता जनाइन्। उनीहरूले आफ्नो सहभागिता र उपस्थितिमार्फत देशलाई गौरवान्वित बनाएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad