राजनीति


रास्वपाले सहमति तोड्यो, संसदको अवरोध जारी रहन्छ: युवराज दुलाल

रास्वपाले सहमति तोड्यो, संसदको अवरोध जारी रहन्छ: युवराज दुलाल

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १७:२३, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदको अवरोध जारी रहने बताएका छन्। 

मंगलबार सञ्चारकर्मीहरूसँग उनले प्रमुख सचेतकहरुबीच भएको सहमति रास्वपाले  तोडेको आरोप पनि लगाए।

रास्वपा उच्च नेतृत्वबाटै संसदमा प्रधानमन्त्रीको सम्बोधनको मितिबारे नबोल्न कबिन्द्र बुर्लाकोटीलाई निर्देशन दिइएको उनको भनाई छ।

‘प्रमुख सचेतकहरुबीच भएको सहमति रास्वपाले तोड्यो। भित्र भएको सहमति बाहिर आउँदा भत्कियो। रास्वपा उच्च नेतृत्वबाटै संसदमा प्रधानमन्त्रीको सम्बोधनको मितिबारे नबोल्न कबिन्द्र बुर्लाकोटीलाई निर्देशन दिइयो’ दुलालले भने, ‘संसदको अवरोध जारी रहन्छ।’ 

प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलले पटक पटक प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन्।

विपक्षीको विरोधपछि मंगलबार पनि बैठक स्थगित भएको थियो। 

सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा प्रवेश गर्ने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। उनीहरूले संसद्को नियमावलीअनुसार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका थिए। 

विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरे। 

सभामुख अर्यालले विपक्षीको माग जायज भएको र प्रधानमन्त्री शाह छिट्टै संसद् आउने बताएका छन्। यसका लागि छलफल चलिरहेको अर्यालको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad