नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।
सभापति थापाले शर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा, ४ को उपधारा (१०)(ङ) मा व्यवस्था भए बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
402
Shares

प्रतिक्रिया