नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज काठमाडौँमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
नेकपाको स्थानीय तह विभागको आयोजनामा हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादीमा बुधबार दिउँसो साढे १२ बजेबाट सुरु हुने सो पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरू पनि सहभागी हुने एक नेताले नेपालखबरलाई जानकारी दिए।
नेकपाको स्थानीय तह विभागको प्रमुख अग्नी सापकोटा छन्। कार्यक्रममा सापकोटाले नै जनप्रतिनिधिलाई विशेष प्रशिक्षण दिनेछन्।
‘प्रशिक्षणमा नेकपाले जितेका स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्येबाट एकजना सहभागी हुनुहुनेछ,’ ती नेताले भने, ‘नेकपाबाट विजयी हुने सबै जनप्रतिनिधिका लागि यो कार्यक्रम राखिएको होइन। प्रतिनिधिमूलक कार्यक्रम मात्रै हो। यो कार्यक्रममा वडाध्यक्षको सहभागिता हुनेछैन।’
Shares

प्रतिक्रिया