केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको विधेयक प्रतिनिधिसभामा पेश हुँदा संसदमा एउटा रोचक दृश्य देखिएको छ। बालेन सरकारको कडा आलोचना गर्दै आएको एमालेले पनि सदनमा सरकारको प्रशंसा गरेको छ।
बुधबार ‘चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको थियो। विधेयकमाथिको छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले ओली सरकारले अघि बढाएको विधेयकलाई निरन्तरता दिएकोमा सरकारलाई धन्यवाद दिए।
निकै खुशी देखिएका उनले मुस्कुराउँदै सदनमा भने, ‘पुराना कुरालाई निरन्तरता दिने कुराले देश र प्रणालीलाई राम्रो पनि गर्दोरहेछ। विधेयकलाई प्रतिनिधिसभामा ल्याउने सरकारको तत्परता प्रशंसनीय छ।’
उनले तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक राष्ट्रिय सभामा दर्ता गराउने कार्य स्मरण गर्दै वर्तमान सरकारको प्रशंसा गरेका हुन्।
Shares

प्रतिक्रिया