राजनीति


कानुनमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेट, कानुनी दस्ताबेजबारे छलफल

कानुनमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेट, कानुनी दस्ताबेजबारे छलफल

नेपालखबर
जेठ १३, २०८३ बुधबार २०:५७, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेट भएको छ।

भेटमा दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानुनी दस्ताबेजहरू निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनवटै तहका कानुनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिइन्।

एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad