राजनीति


प्रधानमन्त्री भएपछि थाहा पाएँ- नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ: बालेन

प्रधानमन्त्री भएपछि थाहा पाएँ- नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ: बालेन

नेपालखबर
जेठ १७, २०८३ आइतबार १३:५८, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नका जवाफ दिने क्रममा नेपाल-भारत सीमा विवादका विषयमा सनसनीपूर्ण दाबी गरेका छन्। 

उनले आजसम्म देशका कुनै पनि प्रधानमन्त्रीले नभनेको कुरा नेपालले पनि भारतको भूभाग मिचेको दाबी गरेका हुन्।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि लिपुलेकसहित सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकले 'देशमा सरकार भएको' अनुभूति कसरी गर्न पाउँछन् भनी प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले भने, लिपुलेक लिम्पियाधुराको बारेमा अघि पनि भनिसकेँ। तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले  पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खरै थाहा पायौँ। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नुभएको छ, के छ, त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad