विपक्षी दलले आज पनि संसद् अवरुद्ध गर्ने भएका छन्।
सोमबार बसेको विपक्षी दलको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि छलफल भएको थियो। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनेर अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर विपक्षी दलले प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने निर्णय गरेका छन्। यससँगै उनीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट पनि हटाउन माग गरेका छन्।
उनीहरूले आफ्ना माग पूरा नभएमा संसद् अवरुद्ध गर्ने निर्णय गरेका छन्। ‘प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना शब्द फिर्ता लिएर माफी माग्नुपर्छ,’ श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आरेन राईले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री नआएमा संसद्मा अवरोध हुन्छ।’
195
Shares

प्रतिक्रिया