राजनीति


अझै सुरु भएन प्रतिनिधिसभा बैठक

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

फाइल फोटो


नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:५३, काठमाडौँ

प्रतिनिधि सभाको बैठक सुरु हुन ढिलाइ भएको छ। 

सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको बैठक अझै बस्न सकेको छैन।

आजको बैठकमा सरकारले संघीय संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल हुने कार्यसूची छ। 

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारको बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनेर दिएको अभिव्यक्तिको विपक्षी दलले तीव्र विरोध गरेका छन्। 

उनीहरुले यसका लागि प्रधानमन्त्री शाहले संसद्‍मा आएर माफी माग्नुपर्ने निश्कर्षसमेत प्रतिपक्षी दलहरुले निकालेका छन्। 

सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री शाहको भनाइमाथि छलफल गरेको थियो। झण्डै एक घण्टा बसेको बैठकले प्रधानमन्त्री शाहको भनाइ गलत रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad