राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।
सोमबार अपराह्न सभापति लामिछाने भारत प्रस्थान गरेका हुन्। रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात लामिछानजेको यो पहिलो औपचारिक भारत भ्रमण हो।
सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा गएकी छन्। सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा नेता तथा कूटनीतिज्ञसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ।
72
Shares

प्रतिक्रिया