समाज


तीन पुरुष मृत भेटिए

तीन पुरुष मृत भेटिए

नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:२२, काठमाडौँ

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्। 

बागलुङ, सिन्धुपाल्चोक र रौतहटमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

बागलुङ नगरपालिका-१ मालढुङ्गास्थित कालीगण्डकी नदीमा ३० वर्षीय युवक मृत भेटिएका छन्। 

पर्वतको जलजला गाउँपालिका-७ धाईरिङ बस्ने ३० वर्षीय हरि प्रसाद आचार्य आइतबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ तामाङगाउँ बस्ने ३१ वर्षीय निमादोर्जे तामाङ पनि मृत भेटिएका छन्। 

भोटेकोसी गाउँपालिका-२ लार्चाभीरस्थित बाटो नजिक आइतबार उनी मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-६ तल्लो बजारमा पनि एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

स्थानीय तरकारी बजारमा रौतहटकै गुजरा नगरपालिका-८ जुगौलिया बस्ने ५५ वर्षीय चुलाई माझी मृत फेला परेका हुन्। यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad