राजनीति


प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १३:३०, काठमाडौँ

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति उत्तरदायी रहेको र आवश्यक परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिने बताएका छन्। 

मंगलवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले सांसदले उठाएका प्रश्नको आइतबार जवाफ दिएको र आवश्यक परेमा फेरि सदनमा उपस्थित हुने प्रतिबद्धता जनाए। 

‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ,’ पोखरेलले भने, ‘उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad