राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले उजुरी परेका विभिन्न स्थानहरूमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ।
आयोगको आज (मंगलबार) बसेको बैठकले निर्वाचनसम्बन्धी विवाद तथा उजुरीहरू परेकाले जेठ १७ गतेसम्म भएका प्रक्रियाबाहेक सबै स्थगित गर्न निर्देशन दिएको हो।
आयोगले बागमती, मधेस प्रदेश समिति, सिन्धुपाल्चोक, सप्तरी, सिराहा, महोत्तरी र धनुषा जिल्ला एवं सम्बन्धित नगर/गाउँ कार्यसमितिहरूलाई अत्यन्त जरुरी निर्देशन जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न भनेको हो।
मंगलबार मात्रै केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत भएका थिए। उनी यसअघि आयोगको सदस्य थिए।

3
Shares

प्रतिक्रिया