राजनीति


वीरगन्जका मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश

वीरगन्जका मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह


नेपालखबर
जेठ १९, २०८३ मंगलबार १६:४१, काठमाडौँ

जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार थुनछेक आदेश गरेको हो।

मंगलबार बिहान पक्राउ परेका उनलाई आजै अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले नेपालखबरसँग भने, ‘थुनछेकको बहस हुँदा दुई वटा मुद्दामा कूल ४ लाख १५ हजार धरौटी माग भएको हो।’ 

उनका अनुसार लिखित सम्बन्धी कसुरमा ४ लाख र झुट्टा विवरण पेश गरि नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।

धरौटी रकम बुझाए उनी आजै रिहा हुनेछन्।

यो पनि: वीरगन्जका मेयर राजेशमान सिंह भारतको हरिद्वारमा साधुको भेषमा लुकेर बस्थे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad