राजनीति


निस्कल राईको प्रश्न- प्रधानमन्त्री किन र कसको स्वार्थमा स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ?

निस्कल राईको प्रश्न- प्रधानमन्त्री किन र कसको स्वार्थमा स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ?

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १३:२८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहले स्वाभिमानमाथि धावा बोलेको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सीमाका विषयमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले चोट पुर्‍याएको बताए। काठमाडौँमा महानगरको मेयर छँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने शाह अहिले किन देशको हितविपरीत बोलिरहेको भनेर प्रश्न गरे। 

‘प्रधानमन्त्री वालेन्द्र शाह आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ?,’ राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यान आहुती दिएर नेपालको सीमालाई पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरा पुर्‍याउने अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला?’

आफू सीमा क्षेत्रकै बासिन्दा भएको उल्लेख गर्दै उनले अहिलेसम्म नेपालले कुनै पनि देशको जमिन नमिचेको जिकिर गरे। ‘नेपालले छिमेकी देश भारतको कुनै पनि भूभाग र जमिन मिचेको छैन,’ राईले भने। 

सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहका समर्थकले नेपालले भारतको सीमा मिचेको भनेर अनेक दुष्प्रचार गरिरहेको बताए। प्रधानमन्त्री शाहको अभिव्यक्तिमा सबै रमाइरहेको सुनाउँदै उनले प्रश्न गरे, ‘राष्ट्रघात गर्दा किन खुशी लागेको हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad