राजनीति


प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी

नेपालखबर
जेठ २७, २०८३ बुधबार १७:२९, काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसदले प्रतिनिधि सभाको बैठकमा विरोध जारी राखेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा अन्य विपक्षी दलका सांसदले सहमति जनाए पनि श्रम संस्कृति पार्टीका सांसदले भने विरोध जारी राखेका छन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद्मा आएर प्रस्टीकरण दिनुपर्ने माग राखेका छन्। 

प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका थिए। त्यसपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले बोलेका थिए। 

तर, श्रम संस्कृति पार्टीका सांसदले बोल्न समय माग गरेका थिएनन्। त्यसैले सभामुख अर्यालले उनीहरूलाई बोल्न समय दिएनन्। 

त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदले रोमस्टम अगाडि गएर नाराबाजी गरेका हुन्। उनीहरूको नाराबाजीबीच सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad