राजनीति


सरकारको स्पिडअनुसार काम गर्न सार्वजनिक खरिद अध्यादेश ल्याइयोः कानुनमन्त्री

सरकारको स्पिडअनुसार काम गर्न सार्वजनिक खरिद अध्यादेश ल्याइयोः कानुनमन्त्री

नेपालखबर
असार ५, २०८३ शुक्रबार १४:५१, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउन सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेश ल्याउनु परेको बताएकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद खडकबहादुर विश्वकर्माले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनेर राखेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएकी हुन्। 

‘संसद् अधिवेशन बन्द भयो। सार्वजनिक खरिद ऐनले जहिले पनि अप्ठयारो परिरह्यो भन्ने कुरा यही संसदमा धेरै पटक कुरा उठिराखेको नै हो,’ उनले भनिन्, ‘अनि कसरी सम्बोधन गर्ने भन्दा तत्काल जुन स्पिडमा सरकार हिँडिरहेको छ। कसरी सम्बोधन गर्ने? भन्दा अध्यादेश ल्याएर सार्वजनिक खरिद सम्बन्धी व्यवस्थालाई संशोधन गरेर छिटो गरौँ भनेर अध्यादेश ल्याइएको हो।’ 

अब प्रतिस्थापन विधेयक ल्याउँदा मिलाउने ठाउँहरू रहेको मन्त्री गौतमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad