राजनीति


विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
असार ९, २०८३ मंगलबार १९:४१, काठमाडौँ

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

मंगलबार विशेष अदालत काठमाडौँले पहिलो पटकका लागि सात दिन हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको हो। विभागले भने २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो। 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिरासतमा राख्नका लागि अनुमति दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरुरी पक्राउ पूर्जी स्वीकृत भई आज पहिलो पटक सात दिन म्याद थप भएको छ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो। उनलाई मंगलबार काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको थियो।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पौडेललाई पक्राउ गर्नुअघि विभागको टोलीले भैंसेपाटीस्थित उनको घरमा छापा मारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad