प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।
बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो। रासस

प्रतिक्रिया