राजनीति


सरकारले भन्यो- नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

सरकारले भन्यो- नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

नेपालखबर
असार २६, २०८३ शुक्रबार १७:५५, काठमाडौँ

सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। 

शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो। केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीतिबारे प्रश्न उठेको थियो। 

त्यही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ,’ क्षेत्रीले भने। 

उनले नेपालले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने बताए। ‘नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ। हामी हाम्रो भूमि, नेपाली भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ,’ उनले भने, ‘सोही प्रतिबद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ।’

उनले एक चीन नीतिमा नेपाल सरकारको नीति र सरकारको अडान यथावत रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad