नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका हुन्।
उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली कांग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे।
नेता तामाङले कांग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पारे।
33
Shares

प्रतिक्रिया